नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
काठमाडौँ। वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन्। वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment