बारामा १३ केजी गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
१० असार २०७९ १२:२७
80
Shares

बारा। निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार हाल पहिचान नखुलेकी महिलाले बोकेको झोला फाली जंगलतर्फ भागेकी थिइन्।

त्यसपछि प्रहरीले सो झोला र मोटरसाइकल चालक लाल काजीले बोकेको झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

हाल फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *