काठमाडौं महानगरले ल्यायो चालू आर्थिक वर्षभन्दा करिब ७ अर्ब धेरै बजेट

डिसी नेपाल
१० असार २०७९ १६:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले चालू आर्थिक वर्षमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।

सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *