अमेरिकी संसदमा भारत विरोधी प्रस्ताव पेश

डिसी नेपाल
११ असार २०७९ १०:३२
10.7k
Shares

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीकी नेता इल्हान उमरले आफ्नो भारत विरोधी अडान कायम राख्दै अमेरिकी सदनमा प्रस्ताव पेश गरेकी छिन् । प्रस्तावमा अमेरिकी विदेश मन्त्रीलाई धार्मिक स्वतन्त्रताको अधिकारको कथित उल्लङ्घनका कारण भारतलाई ‘अवस्था चिन्ताजनक रहेको देशको रूपमा तोक्न’ आग्रह गरिएको छ।

भारतप्रति इल्हान उमरको यो रवैया नयाँ होइन । यसअघि उनले यसै वर्ष अप्रिलमा पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेकी थिइन् । उनको भ्रमण चर्चामा रह्यो । भारतले इल्हानको भ्रमणको निकै आलोचना गरेको थियो ।

सांसद रशिदा तालिब र जुआन वर्गासले पनि प्रस्तावलाई सह-प्रस्ताव गरेका छन्। प्रस्तावले बाइडेन प्रशासनलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगको सिफारिसहरू कार्यान्वयन गर्न आग्रह गर्दछ। विगत तीन वर्षदेखि आयोगले भारतलाई ‘धार्मिक स्वतन्त्रताको विशेष चासोको देश’ घोषणा गर्न माग गर्दै आएको छ ।

मंगलबार पेश भएको प्रस्तावलाई आवश्यक कारबाहीका लागि संसदको परराष्ट्र समितिमा पठाइएको छ । इल्हानको पाकिस्तान प्रशासित कश्मीर भ्रमणप्रति भारतीय विदेश मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसलाई भारतीय क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताएका छन् ।

उनले भने, “उहाँले जम्मू-कश्मीरको एक भागको भ्रमण गर्नुभएको छ जुन हाल पाकिस्तानले अवैध रूपमा कब्जा गरेको छ। यदि कुनै राजनीतिज्ञले आफ्नो संकीर्ण सोचको राजनीति गर्न चाहन्छ भने त्यो उसको काम हुन सक्छ तर यो हाम्रो क्षेत्रीय अखण्डताको उल्लङ्घन हो।”

हिजाब लगाउने इल्हान ओमरले आफ्नो बाल्यकाल केन्याको शरणार्थी शिविरमा बिताएकी थिइन् जहाँ उनको परिवार सोमालियाबाट आएको थियो। उनले यो शरणार्थी शिविरमा चार वर्ष बिताइन् । त्यसपछि सन् १९९७ मा प्रायोजकको सहयोगमा उनी अमेरिकाको मिनेसोटा राज्य पुगिन् ।

२०१६ मा, ३६ वर्षीय इल्हान ओमार पहिलो सोमाली-अमेरिकी कांग्रेस महिला बनिन्। आफ्नो जितपछि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘यो जित शरणार्थी शिविरमा रहेकी आठ वर्षीया बालिकाको हो । यो जित सानै उमेरमा विवाह गर्न बाध्य भएकी केटीको हो । यो जित सपना देख्नबाट रोकिएका सबैको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *