महिलाले पुतलीसँग बिहे गरिन्, त्यसपछि भनिन्- ‘बच्चा’ पनि भयो !

डिसी नेपाल
११ असार २०७९ १६:४०

काठमाडौं । एउटी महिलाले कपडाको पुतलीसँग विवाह गरेको दाबी गरेकी छन् । महिलाले आफ्नो ‘बच्चा’ पनि रहेको बताइन् । ब्राजिलमा बस्ने एक महिलाको नाम मेरिभोन रोका मोरेस (३७) हो ।

मेरिभोनले आफ्नी आमालाई आफू सिंगल भएको बताइन्। डान्स पार्टनर नपाउँदा उनी रिसाएकी थिइन् । यसपछि उनकी आमाले उनको खुशीको लागि कपडाको पुतली बनाइन् र त्यसको नाम मार्सेलो राखिन् ।

मोरेसले भनिन्, ‘जब मेरी आमाले मार्सेलो (पुतली) पहिलो पटक देखाउनुभयो, म उनको मायामा परेँ । मसँग फोरो डान्सर नभएको कारणले गर्दा म यो डान्सको लागि जान्थें तर सधैं साथी पाउन सकिन, त्यसपछि उनी (मार्सेलो) मेरो जीवनमा आए ।

डेली मेट्रोको रिपोर्टअनुसार ‘नीड टि नो’ सँगको कुराकानीमा मोरेसले भनिन्, ‘उनी नै मेरो जीवनमा सधैं चाहेको मान्छे हो।’ रिपोर्टका अनुसार मोरेस र मार्सेलो पहिलो भेट भएको दिनदेखि नै रोमान्टिक सम्बन्धमा थिए।

रिपोर्टका अनुसार, दम्पतीले धेरै महिना सँगै बिताए, त्यसपछि मोरेस गर्भवती भएको खबर आयो। मोरेसले अनौठो दाबी गर्दै भनिन्, ‘यो सत्य हो, मार्सेलोले मलाई गर्भवती बनायो । मैले गर्भावस्था परीक्षण गरें र यो पोजेटिभ आयो ।’

यसपछि विवाह गर्ने निर्णय भएको मोरेसले बताइन् । विवाह उनको लागि धेरै विशेष, महत्त्वपूर्ण र भावनात्मक दिन थियो। विवाह पछि मार्सेलो संग विवाहको रात बिताइन् । यो जोडीको विवाहमा २५० पाहुनाको उपस्थिति रहेको थियो । त्यसपछि दम्पतीले रियो दि जेनेरियोको बीच हाउसमा एक हप्ताको लागि आफ्नो हनिमून मनाए।

हनिमुन पछि, जोडीले मे २१ मा ‘डल चाइल्ड’ मार्सिन्होलाई स्वागत गरे। डल चाइल्ड अर्थात उनीहरूको बच्चा पनि पुतली नै हो । उनले लाइभ स्ट्रिमिङ मार्फत पुतलीको जन्म भएको देखाइन्। जसलाई २ सय जनाले हेरे ।

मोरेस आफ्नो परिवारको लागि कडा परिश्रम गर्छिन्, उनी आफ्नो परिवारलाई नक्कली भन्ने मानिसहरूलाई घृणा गर्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *