बन्जी जम्पिङका क्रममा ब्वायफ्रेण्डले धकेलिदिएपछि गर्लफ्रेण्डले हावामै ब्रेकअपको घोषणा गरिन्

डिसी नेपाल
१२ असार २०७९ १४:३५
844
Shares

काठमाडौं । बन्जी जम्पिङका लागि गएका एक जोडीको पुरानो भिडियो फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा एक युवकले आफ्नी प्रेमिकालाई बन्जी जम्पिङ गर्दा पहाडबाट धकेल्छन्, तर प्रेमिकाले हावामा केही भनिन् जसले प्रेमीलाई स्तब्ध बनायो।

वास्तवमा सयौं फिट अग्लो पहाडबाट हाम फालेपछि युवती हावामा हुँदा चिच्याउँदै ब्रेकअपको घोषणा गर्छिन् । बन्जी जम्पिङको साहसिक कार्यका कारण जोडी ब्रेकअप भएको थियो । हालै यो भिडियो ट्विटरमा @MorissaSchwartz नामक एकाउन्टबाट शेयर गरिएको छ। जहाँ भिडियोलाई ६० हजारभन्दा बढीले हेरेका छन् । तर, यो भिडियो २०१३ मा युट्युबमा अपलोड भएको थियो । युट्युबमा दुई लाखभन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा प्रेमीले कसरी प्रेमिकालाई सय फिट अग्लो पहाडमा लगेर बन्जी जम्पिङका लागि धकेलेको देख्न सकिन्छ तर जमिनमा आउनुअघि नै प्रेमिकाले चिच्याउदै भनिन्– म तिमीसँग ब्रेकअप गर्दैछु ।

दम्पती बन्जी जम्पिङका लागि अग्लो पहाडमा गएका थिए तर त्यहाँ पुगेपछि युवतीको हिम्मतले जवाफ दियो । भिडियो हेर्दा उनी बन्जी जम्पिङका लागि मानसिक रुपमा पनि तयार थिइनन् जस्तो लाग्छ, किनकि यति उचाइबाट हाम फाल्ने काम सबैका लागि सहज हुँदैन ।

तर प्रेमीले पूर्ण रूपमा तयार हुनुअघि नै उनलाई पहाडबाट धकेलिदिए र अर्को क्षण केटी हावामा तैरिरहेको देखियो। तर, युवतीले सबै सुरक्षा उपकरण लगाएकी थिइन् । तर उनी यति डराएकी थिइन् कि उनले हावामा झुल्दै ब्रेकअपको घोषणा गरिन् । यो सुनेर प्रेमी हाँस्न थाल्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.