पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

डिसी नेपाल
१२ असार २०७९ १५:५७
248
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजनीमा दिएका छन्। आइतबार प्रतिनिधिसभा संसदको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले मन्त्री पदबाट राजीनामा दिएको बताए।

“अस्ति शुक्रबारको पोलिट्ब्यूरो बैठकमा नै ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ। यसको १५ मिनेट अगाडि नै समयभित्र राजीनामा दिएँ”, आलेले भने।

मन्त्रालय अन्तर्गत उठेका जवाफ फर्काउन परेकोले पार्टीको निर्णय कार्यान्वयनमा केही समय लागेको र अब आफ्नो दायित्व पूरा भएको उनले बताए ।

“पार्टीले सांसद बनाउने, मन्त्री बनाउने र निर्देशन बमोजिम फिर्ता हुने हो, निर्णय स्वीकार्य छ। पहिलो चरणमा बजेटको सेसन चलिरहेकोले जवाफ दिएर फर्कने भएकाले”, उहाँले आफ्नो कार्यकालमा राम्रो काम गरेको दाबीसमेत गरे।

राजीनामा पार्टीमा दिइसकेको र सम्बन्धि पत्र पार्टीले सरकार समक्ष पठाइसकेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.