एकीकृत समाजवादीका मन्त्री हेरफेर गरेर मन्त्रिपरिषद पुनर्गठन

डिसी नेपाल
१२ असार २०७९ १९:४४
504
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

कार्यविभाजन अनुसार चार जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री बनेका प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसन श्रेष्ठलाई बिदा गर्दै प्रधानमन्त्री देउवाले चार जना नयाँ अनुहारलाई नियुक्त गरेका हुन्।

त्यसैगरी मन्त्रिपरिषद्‍मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाएका छन्।

मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.