भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत
भक्तपुर। भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment