‘खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून’

डिसी नेपाल
१५ असार २०७९ ९:२४
176
Shares

न्युयोर्क। खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ।

जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन्।

‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेशनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन्।

दम भएका मानिसलाई पनि भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ। यसअघि गरिएकाे अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *