बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
१६ असार २०७९ १०:४६
740
Shares

काठमाडौं। काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो ।

बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोक्किएका थिए ।

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.