युएइको बालबालिकाको म्यागजिनमा यस्तो फोटो छापिएपछि बबाल !
काठमाडौं । समलिङ्गीहरुको अधिकारको रक्षाका लागि पूरै विश्वले प्राइड मन्थ मनाइरहँदा इस्लामिक राष्ट्र संयुक्त अरब इमिरेट्सले समलिङ्गीतालाई बढावा दिएको आरोपमा एउटा बाल पत्रिकाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
अरब देशको एक लोकप्रिय बाल पत्रिकाले यही आरोपमा मेमा प्रकाशित आफ्नो अंक फिर्ता लिनुपरेको थियो। अब युएईका अधिकारीहरूले यस पत्रिकाको मे महिनाको अंक विरुद्ध अनुसन्धान सुरु गरेका छन्।
रिपोर्टका अनुसार म्यागजिनले कमिकको एउटा पात्रलाई बहुरंगी देखाएको थियो । जुन कुरामा युएईमा आपत्ति भैरहेको छ, कमिकको त्यो भागमा बहुरंगी पात्रले भनेका छन्, ‘अद्भुत ! मसँग चीजहरू रंगीन गर्ने शक्ति छ। अली पनि म जस्तै बन्न चाहन्छन् ।’
कमिकको यस भागमा अरबी शब्द मिथली प्रयोग गरिएको छ। यो शब्द युएइमा समलिङ्गीको अर्थमा प्रयोग गरिन्छ। यो शब्द ‘म जस्तै’ को अर्थमा पनि प्रयोग गरिन्छ। युएईका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त म्यागजिनले जनताको भावनासँग खेलवाड गर्न जानाजानी शब्द प्रयोग गरेको बताएका छन् ।
السؤال ؛ من خلف ذلك وفي هذا الوقت بالتحديد؟?? #مجلة_ماجد pic.twitter.com/U8aIVkKF8K
— صالح المزروعي (@Bin_Gathlan) June 26, 2022
मध्यपूर्वका मुस्लिम देशहरू जस्तै संयुक्त अरब इमिरेट्समा पनि समलैंगिकतालाई अपराध मानिन्छ। युएईमा समलैंगिकतालाई अपराध मानेर यसको लागि १४ वर्षको जेल सजायको व्यवस्था गरिएको छ ।
युएईका अधिकारीहरूले बालबालिकाको हास्य पुस्तकमाथिको गरेको कारबाही कुनै नयाँ कुरा होइन। यस महिनाको सुरुमा, देशले पिक्सार स्टुडियोको फिल्म शृंखला लाइट इयरमा प्रतिबन्ध लगाएको थियो किनभने टोय स्टोरी स्पिनअफले समलिङ्गी चुम्बनलाई चित्रित गरेको थियो।
यो फिल्म युएईमा रिलिजको लागि लाइसेन्स पाएको थियो तर रिलिजपछि मानिसहरुले यसमा कडा आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा मानिसहरुले फिल्मको विरुद्धमा कडा प्रतिक्रिया दिएपछि फिल्मलाई प्रतिबन्ध लगाइएको थियो । सोशल मिडिया प्रयोगकर्ताहरूले डिज्नी र लाइट ईटरलाई इस्लामको अपमान गरेको आरोप लगाए।
साउदी अरेबियाका अधिकारीहरूले पसलहरूबाट इन्द्रेणी-विषयमा आधारित बालबालिकाका खेलौनाहरू पनि जफत गरेका छन् किनभने उनीहरूले रङहरूले समलिङ्गीतालाई प्रोत्साहित गरेको दाबी गरे। त्यस्तै, मध्यपूर्वको देश कतारका अधिकारीहरूले पनि डिसेम्बरमा पसलहरूबाट इन्द्रेणी रंगका खेलौनाहरू बरामद गरेको घोषणा गरेका थिए।







डिसी नेपाल







Facebook Comment