कमेडियन कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी
मुम्बई। भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ। कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन्। यही टुरमा नै उनीमाथि उजुरी परेको हो।
कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ। यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो। साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो। सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए। जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन्।
अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए। जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए। ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए। अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन्।
जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ। उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment