फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु

डिसी नेपाल
१९ असार २०७९ ११:२३

काठमाडौं। आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ।

उनले फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन्।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको किरणले जानकारी दिए। दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *