मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

डिसी नेपाल
१९ असार २०७९ २१:०८
16
Shares

हेटौंडा ।मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयको भनाई रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.