आरोही जिरेलद्वारा एकीकृत समाजवादीको झण्डा किर्गिस्तानको लेनिन पिकमा फहराउने

डिसी नेपाल
१९ असार २०७९ २२:४९
28
Shares

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २६ हिमालको सफल आरोहण गरिसकेका आरोही लालबहादुर जिरेलले नेकपा (एकीकृत समाजवादी) को चुनाव चिह्न कलम अङ्कित झण्डा किर्गिस्तानको लेनिन पिकमा फहराउने भएका छन् ।

दोलखा स्थायी घर भएका जिरेलले झण्डा फहराउने इच्छा गरेका हुन् । यसअघि पनि उक्त लेनिन पिक आरोहण गरिसकेका उनले केही दिनमा पुनः चढ्न किर्गिस्तान जान लागेका छन् । पार्टीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य रहनुभएका उनी प्रसिद्ध हिमाल आरोही हुन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका–४ मा वडाध्यक्षको उम्मेदवार भएका जिरेलले सर्वोच्च शिखर सगरमाथा दुई पटक आरोहण गरिसकेका छन् ।

उनले मनास्लु हिमाल एक पटक, अमादब्लम तीन पटक, पुमरी एक पटक, मेरा पिक पाँच पटक, सिंगा चुली एक पटक, टेनपिक दुई पटक, दम्पोस पिक एक पटक, लार्के पिक एक पटक, अम्विगेप्चेन एक पटक, आइसल्याण्डपिक १२० पटक, लवुजेपिक ३० पटक, सोलु पिक एक पटक, लाङसिसरी एक पटक, नयाँकाङ तीन पटक, एलापिक तीन पटक, रमुदङ एक पटक र खाम्सेकु एक पटक आरोहण गरिसकेका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले जिरेललाई आरोहणको सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गरेका छन् । अध्यक्ष नेपालले मुलुकको पहिचान गराउन जिरेलले गरेको प्रयासको सराहना गरे । झण्डा हस्तान्तरण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साह, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, दोलखा जिल्ला कमिटी अध्यक्ष भीम दाहाल, युवा सङ्घका उपमहासचिव अशोककुमार दाहाल, युवा सङ्घका सचिवालय सदस्य टिकाराम खड्का, युवा सङ्घका केन्द्रीय सदस्य रामबहादुर खड्कालगायत सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.