याे वर्ष कम बजेटका फिल्मले धानेको बलिउड

डिसी नेपाल
२० असार २०७९ ११:५२
384
Shares

मुम्बई। बलिउडका लागि यो वर्षको अहिलेसम्म निराशाजनक रहेको छ। वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन। ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन। कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा स्पष्ट देखिएको छ।

कैयौं ठूला बजेटका फिल्म बक्स अफिसमा फ्लप भइरहँदा डकु ड्रामा ‘द कश्मीर फाइल्स’ले थिएटरमा नयाँ आशा जगायो । जसकारण थिएटरमा चहलपहल बढ्यो। यो फिल्म पाँच सय पर्दामा रिलिज भयो र यसको सुरुवाती कलेक्सन मात्र ३ दशमलब ५ करोड थियो । यो फिल्मको स्क्रिन संख्या लगातार बढ्दै गयो र कलेक्सनको मात्राले उस्तै रफ्तार लियो। अनुपम खेर अभिनित फिल्मले अन्ततः दुइै सय ५३ करोडको व्यापार गरेको छ।

अर्कोतर्फ अक्षय कुमारको ठूला बजेटका दुई फिल्म फ्लप साबित भयो। जसकारण दर्शकमा निराशा प्रस्ट देखियो। यी फिल्ममा ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ थिए। अजय देवगनको फिल्म ‘रनवे ३४’को अवस्था उस्तै रह्यो।

पछिल्लोपटक युवाको नजरमा दुई फिल्म ‘भूलभुलैया २’ र ‘जुगजुग जियो’ परे। झन्डै ३२ करोड बजेट रहेको फिल्म ‘भूलभुलैया २’ले बक्स अफिसमा २ सय ६२ दशमलब ४ करोडको कारोबार गरेको छ। ‘जुगजुग जियो’को सुरुवाती कलेक्सन राम्रो रह्यो। तर सप्ताहन्तमा यसले खासै कमाल देखाउन सकेन। ८५ करोडमा बनेको फिल्म ‘जुगजुग जियो’ले हालसम्म करिब ९६ करोड आसपासको मात्र व्यापार गरेको छ।

फिल्म ‘गंगूबाई काठियावाडी’ अभिनेत्री आलिया भट्टका लागि राम्रो साबित भयो। एक्सन स्टार टाइगर श्राफको ‘हीरोपन्ती २’ ले बक्स अफिसमा एक्सन देखाउन सकेन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *