रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ

डिसी नेपाल
२० असार २०७९ १३:००
76
Shares

रुपन्देही। लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन्।

उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए। शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो। सोही क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *