सिद्धु मूसेवालालाई सबैभन्दा नजिकबाट गोली हान्ने अंकित सिरसा पक्राउ

डिसी नेपाल
२० असार २०७९ १२:५७
4.7k
Shares

काठमाडौ । दिल्ली पुलिसलाई सिद्धु मुसेवालाको हत्यामा अर्को ठूलो सफलता हात लागेको छ। गोली हानाहानमा संलग्न अंकित र उनका साथी सचिन भिवानीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवैले लरेन्स बिश्नोई र गोल्डी बरारको ग्याङमा काम गरेका थिए । पञ्जाब प्रहरीको तीन वटा वर्दी सहित प्रहरीले उनीहरुको साथबाट एक ९ एमएमको पेस्तोल, ३ एमएमको पेस्तोल र डोंगलसहितका दुईवटा मोबाइल सेट बरामद गरेको छ ।

प्रहरीका अनुसार अंकित सिरसाले सिद्धु मुसेवालामाथि सबैभन्दा नजिकबाट गोली हानेका थिए । अंकित प्रियव्रत फौजीसँग उनकै कारमा थिए। सुरुमा अंकित र फौजी दुबै सँगै भागेका थिए । प्रियव्रतलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

जबकि अर्का अभियुक्त सचिन भिवानी सिद्धु मूसेवाला मुद्दाका चार शूटरहरूलाई आश्रय दिने जिम्मेवार थिए। राजस्थानमा लरेन्स बिश्नोई गिरोहको सम्पूर्ण काम सचिन भिवानीले नै सम्हाल्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरु दुवैलाई जुलाइ ३ गते राति ११ः०५ बजे कश्मिरे गेट नजिकैको महात्मा गान्धी मार्गबाट ​​पक्राउ गरेको थियो । उनीहरुको साथबाट सेडो पेस्तोल बाहेक पञ्जाब प्रहरीको तीन वटा वर्दी पनि बरामद भएको छ ।

योसँगै प्रहरीले हालसम्म यस हत्यामा संलग्न दर्जनौं अभियुक्तलाई हिरासतमा लिएको छ । सोही क्रममा गोली प्रहार गर्ने बन्दुकधारीको धरपकड जारी छ ।

स्रोतका अनुसार सबै सुटरहरू लरेन्स बिश्नोईका नजिकका छन् । उनीहरूको गिरफ्तारीका लागि दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा प्रहरीले छापा मारिरहेको छ ।

यसभन्दा केही दिन अघि पञ्जाब पुलिसले मूसेवाला हत्या प्रकरणमा हरियाणाको फतेहाबादमा छापा मारेको थियो, जहाँ अर्को संदिग्ध देवेन्द्र उर्फ ​​कालालाई पक्राउ गरिएको थियो। उनीमाथि हत्यामा संलग्न दुई अभियुक्तलाई शरण दिएको आरोप छ । सहयोगीहरुको सोधपुछका आधारमा प्रहरीले गोली प्रहार गर्नेहरुको सुराग खोजिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *