दुई कारणले राजेश खन्ना गएनन् बिग बोसमा
मुम्बई। अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए। जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए। तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन्।
कुरा सन् २००९ को हो। राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर समय बिताउँथे। उनी घरमा केवल सुत्न मात्र जान्थे। त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए। राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे।
यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो। उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन्। संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए।
पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्यो। जसका लागि उनलाई साढे तीन करोड रुपैंयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे। राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्यवस्था हुनुपर्ने माग राखे। किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए। तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन्। यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment