यस्ताे छ शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान

डिसी नेपाल
२२ असार २०७९ ६:३५
16
Shares

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *