आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम
किभ। साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ। तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ।
युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ।
यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।
यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ ।
साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment