मिस इण्डिया सिनीमाथि जूनियर एनटीआरको नजर

डिसी नेपाल
२३ असार २०७९ १५:४७
1.6k
Shares

मुम्बई। फेमिना मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीमाथि जोकोही नजर अडिएको छ। सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्म बलिउडमा राम्रै पाइला चाले। अबको पर्खाइ सिनीमा छ।

समाचारअनुसार टलिउड सुपरस्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएका छन्। एनटिआर र शिवा हाल यो विषयमा छलफल गरिरहेका छन्। उनीहरूले चासो दिए पनि सिनी तुरुन्तै फिल्ममा अनुबन्धित हुने सम्भावना न्यून छ।

किनकी सौन्दर्य प्रतियोगिता जितेपछि एक वर्षसम्म विजेताले आयोजकका अत्यावश्यक कामहरु पुरा गर्नुपर्ने हुन्छ। यहीकारण उनीहरुले फिल्म या कुनै ब्राण्ड एन्डोर्समेन्ट जस्ता प्रोजेक्टमा हस्ताक्षर गर्न पाउँदैनन्। यदि जूनियर एनटीआरले सिनीलाई नै लिने हो भने उनले एक वर्षसम्म पर्खिनुपर्ने हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *