निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

डिसी नेपाल
२४ असार २०७९ १४:३२
604
Shares

काठमाडौं। अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन्।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *