करणसँग किन रिसाइन् सारा ?

डिसी नेपाल
२६ असार २०७९ १५:००
380
Shares

मुम्बई। बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन्। गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो। ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए।

तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ। करणको व्यवहारप्रति सारा खुशी छैनन्। ‘सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रुपमा कसैले भनिदिँदा रिसाएकी छिन्। अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन्। सारा बलिउडमा पहिचान बनाउन संघर्षरत छिन्। यही बेला उनको जीवनसँग जोडिएका कुरा आउँदा उनी रिसाएकी छन्’, सारा निकट स्रोतले भनेको छ।

यो घटनापछि साराले करणसँग बोलचाल नै बन्द गर्ने भन्ने मनसाय बनाएकी छैनन्। तर, उनी मानिसहरु आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *