एक्ससेल डेभलपमेन्ट बैंकको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२८ असार २०७९ १०:२१
36
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्ससेल डेभलपमेन्ट बैंकको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ८.५० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय  २० रुपैयाँ ७४ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ३ सय ४८ रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.