दुबई भाग्न खोज्दा विमानस्थलबाटै फर्काइए राष्ट्रपतिका भाइ

डिसी नेपाल
२८ असार २०७९ १२:३९
1.6k
Shares

कोलम्बो। श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन्। विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए।

राष्ट्रपति गोटाबाय राजापाक्षेका भाई बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो। त्यसपछि मानिसहरूले विरोध गरेका थिए।

बसिल मंगलबार बिहान सबा १२ बजे चेक–इन काउन्टरमा पुगेका थिए। उनी सबा ३ बजेसम्म त्यही थिए। अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए।

श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *