अवितरित हकप्रद शेयर बाँडफाँड
काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो।
बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो।
कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो । उक्त शेयरको कटअफ मूल्य १०० रुपैयाँ रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment