‘मलाई माया’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३१ असार २०७९ ११:५५
36
Shares

काठमाडौँ।  चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ। गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ। हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार, सङ्गीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

बुद्ध थापा छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गर्नुभएको हो । सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। माया प्रेमसँग सम्बन्धित म्युजिक भिडियो ‘कलापुञ्ज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *