दुई पोस्टरमा ‘म’
काठमाडौं। फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ। पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन्। उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन्।
निर्माण टिमले केही दिनअघि एक मिनेटको टिजर सार्वजनिक गरेको थियो। टिजर र पोस्टर अनुसार निशा अधिकारी डाक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङ्स्टार लुक्समा देखाइएको छ। टिजरमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई देखाइए पनि उनीहरूको चरित्र खुलाइएको छैन।
फिल्मको निर्देशक सुवर्ण थापा हुन्। उनले बनाएको फिल्म ‘सुनगाभा’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो। उनको नयाँ फिल्म ‘राधा’ आगामी १० भदौमा रिलिज हुँदैछ।
फिल्ममा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, विमला हुमागाई र पदम पुरीको निर्माण तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका लेखन तथा क्रिएटिभ प्रोड्युसर छन्।
कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको यो फिल्म २० साउनबाट रिलिज हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment