गोटाबाया राजपाक्षेको राजीनामा स्वीकृत, सभामुखले भोलि बोलाए संसद बैठक
काठमाडौं । श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजापाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।
सभामुख यापा अभयवर्धनले पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पुष्टि गरेका छन् । उनले आजै सपथ लिन सक्नेछन् ।
सभामुखले भोलि जुलाइ १६ मा नयाँ राष्ट्रपति चयनका लागि संसदको बैठक बोलाइएको उनले जानकारी दिए ।
सभामुखले आन्दोलनकारीलाई शान्ति कायम गर्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।
राजापाक्षे बिहीबार साँझ सिंगापुर पुगेका थिए । सिंगापुर आइपुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएको खबर आएपछि श्रीलंकामा प्रदर्शनकारीहरूले उत्सव मनाउन थालेका छन् ।
सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो र तस्विरहरु भाइरल भइरहेका छन् जसमा आन्दोलनकारीहरु एकजुट भएको देखिन्छ ।
केही भिडियोहरूमा, प्रदर्शनकारीहरू गाले पार्कमा उत्सव मनाइरहेको देखिन्छ।







डिसी नेपाल







Facebook Comment