‘बिजुली च्याप्टर १’ को घोषणा
काठमाडौं। फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ। काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन्।
निर्माण पक्षका अनुसार हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ।
फिल्ममा हरि घले लामाको छायांकन हुनेछ। निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता,द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ।
सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment