प्रचण्ड र भारतीय विदेशमन्त्री एस शंकरबीच भेटवार्ता

डिसी नेपाल
३२ असार २०७९ १३:४१
268
Shares

काठमाडौं । शुक्रबार तीन दिने भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवासँग भेटवार्ता गरेका थिए । देउवा केही दिनअघि मात्र स्वास्थ्य उपचारका लागि भन्दै भारत प्रस्थान गरेकी थिइन्।

प्रचण्डले आजै नै भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डको भेटवार्तापछि जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा.जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.