दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

डिसी नेपाल
३२ असार २०७९ १४:२६
32
Shares

वीरगंज। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रीय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

वीरगंजमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् ।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् ।

पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरुको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.