उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना

डिसी नेपाल
१ साउन २०७९ ७:४३
116
Shares

एथेन्स। उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ-१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो।

दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ।

कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन। ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *