दिल्लीमा आरजु र प्रचण्डबीच सत्ता समीकरण ?

डिसी नेपाल
१ साउन २०७९ १०:१०
504
Shares

काठमाडौं। पटक पटक दिल्ली धाइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले यसपटकको भ्रमणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई पनि दिल्ली हाजिर गराएकी छन्।

स्वदेशमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ढालेर पांच दलीय गठबन्धनलाई टुटाउन खोजेपछि सत्ता सहमती खोज्न आरजू र प्रचण्डको दिल्ली दौडाहा भएको हो।

स्वास्थ्योपचारको नाममा दिल्लीमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा र तीन दिने भारत भ्रमणमा दिल्ली पुगेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा भेट भयो।

त्यसो त प्रचण्डको भारत भ्रमण पूर्वनिर्धारित नभएर आकस्मिक थियो। स्रोतका अनुसार आरजू राणा दिल्ली गएपछि त्यहाँस्थित एजेन्सी (विशेष गरी रअ) को पहलमा प्रचण्डको भ्रमण तय भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डाेभल र रअको समन्वयमा प्रचण्ड भारत पुगेको स्रोतले दाबी गरेको छ।

त्यहाँ ‘अर्को दिल्ली सम्झौता’ भएको आशंका प्रतिपक्ष दलले गरेको छ। प्रधानमन्त्री निवास बालुटारमा दैनिक घण्टौं भेटवार्ता गर्दै आएका कांग्रेस र माओवादीका नेताहरुबीच संघीय र प्रदेश निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राख्ने सहमति भइसकेको छ।

यो गठबन्धनलाई भविष्यसम्म कायम राख्दै सत्ता साझेदारीको तहसम्म पुगेको जानकारहरु बताउँछन्। पार्टीभित्र झण्डै दुईतिहाइ बहुमत रहेका कांग्रेस सभापति देउवा आफूपछि प्रत्नी आरजूलाई प्रधानमन्त्री बनाउन चाहन्छन्।

उता प्रचण्डले पनि अब एक पटक प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक रुपम नै व्यक्त गरेका यस्तोमा दिल्लीलाई साक्षी राखेर सत्ता साझेदारीका विषयमा सहमति भएको भए त्यसो देशका लागि दुर्भाग्यपूर्ण हुनेछ।

दिल्लीमा अध्यक्ष प्रचण्डले कांग्रेससँग सत्ता साझेदारीका विषयमा सहमति गर्दैगर्दा यता माओवादी नेता नारायणकाजी श्रेष्ठले भने बाम एकताको हल्ला फिँजाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.