नदीमा हामफालेकी महिलाको उद्धार

डिसी नेपाल
१ साउन २०७९ २३:२२
72
Shares

कञ्चनपुर । कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीय महिलाको आज उद्धार गरिएको छ । गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न र अर्धचेतन अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि वाणीस्थित अस्पतालमा भर्ना गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार महिला अहिले होसमा आइसकेकी छन् । उनका अनुसार महिलाका श्रीमानले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण महिलाले नदीमा हामफालेकी बताएकी छन् । उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *