बाँके प्रहरीले समात्यो २ सय ८१ फरार अभियुक्त
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतवाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो।
ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment