स्पाई थ्रिलर फिल्ममा शाहरुखको नजर

डिसी नेपाल
३ साउन २०७९ १२:५३
104
Shares

काठमाडौं। बलिउडमा हालैमात्र ३० वर्ष पूरा गरेका अभिनेता शाहरुख खान हाल चार फिल्ममा काम गरिरहेका छन्। जसमा ‘पठान’, ‘टाइगर ३’, ‘डंकी’ र ‘जवान’ छन्। बलिउडको व्यापार विश्लेषक तथा बलिउडको विकास दरलाई नजिकबाट नियालिरहेका विज्ञहरुले हालैमात्र शाहरुखको आगामी रणनीतिका बारेमा नयाँ जानकारी दिएका छन्।

उनीहरूका अनुसार शाहरुख यतिबेला धेरै लेखक तथा निर्देशकको सम्पर्कमा छन्। यद्यपि उनी हाल छायांकनरत फिल्मको काम फाइनल गर्न केन्द्रीत छन्। यी फिल्मको काम सकिएपछि उनको सम्पर्कमा रहेका निर्देशकको फिल्मलाई ‘हरियो झन्डा’ देखाउने सोच शाहरुखको छ।

शाहरुख र निर्माताहरूलाई ‘पठान’बाट ठूलो आशा छ। यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ। यसै वर्षको अक्टोबरबाट शाहरुखले यो फिल्मको आक्रामक रुपमा प्रमोसन गर्दैछन्।

शाहरुख स्पाई थ्रिलर फिल्ममा अभिनयलाई केन्द्रीत गरिरहेका छन्। उनी सलमान खानका साथ २७ वर्षपछि पुनरागमन गर्न लागेको एक प्रोजेक्टमा व्यस्त छन्। उनी निकट स्रोतले यसको कारण पनि बताएका छन्। आदित्य चोपडाको भिजनबाट प्रभावित भएकै कारण शाहरुखको स्पाई थ्रिलर फिल्मप्रति लगाव बढेको हो।

हाल नयाँ फिल्मको स्क्रिप्टको काम गरिरहेकाले निर्देशन कसले गर्ने र फिल्मलाई ‘लार्जर देन लाइफ’ या ‘स्लाइस अफ लाइफ’ कुन विधामा लाने भन्ने निक्र्योल भएको छैन।

हाल आदित्य चोपडा स्पाईस युनिभर्सको फिल्ममा केन्द्रीत छन्। यसलाई उनी आगामी वर्षबाट सुरु गर्दैछन्। फिल्ममा उनी ‘पठान’, ‘टाइगर ३’ र ‘वार’ बाट शाहरुख, सलमान र ऋतिक रोशनको भूमिकालाई सामेल गराउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *