‘गेम अफ थ्रोन्स’ की एमिलियालाई ब्रेन एन्यूरिज्म
काठमाडौं। हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कैयौं अंग ‘ड्यामेज’ भएका छन्। उनका अनुसार विश्व प्रसिद्ध सिरिज ‘गेम अफ थ्रोन्स’को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन्।
एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’को भूमिका निभाएकी थिइन्। उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको जनाएकी छन्।
‘सर्जरीपछि मेरो दिमागको एक हिस्सा गायब भएको जस्तो अनुभव भइरहेको छ। मेरो दिमागको त्यो हिस्सा अब प्रयोग गर्न अयोग्य छ । तर खुसीको कुरा यो हो कि म अहिले पनि कुरा गर्न सक्छु’, उनले भनेकी छन्।
उनले आफ्नो जीवन रचनात्मक तरिकाले बाँचिरहेको बताएकी छन्। ‘सत्य कुरा यो हो कि धेरै मानिस यो रोगका कारण पनि जिउँदै रहन्छन्। यो समस्याका बाबजुद पनि म राम्रो काम गरिरहेकी छु। म कुनै संवाद नबिर्सिई शोमा काम गरिरहेकी छु’, उनले भनेकी छन्।
ब्रेन एन्यूरिज्मबाट पीडित व्यक्तिको दिमागको नसा कमजोर भएर फूल्ने गर्दछ। ५० वर्षभन्दा बढी उमेरका व्यक्ति वा उच्च रक्तताप, जेनेटिक रोग, इन्फेक्सन या दिमागी चोट र तनावसँग जुधिरहेका व्यक्तिहरु यो रोगको सामना गरिरहेका हुन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment