‘दूधको साक्षी बिरालो’ भिडियो सार्वजनिक

डिसी नेपाल
४ साउन २०७९ १२:०८
124
Shares

काठमाडौँ। गायक बिकु क्षत्रीको सुमधुर स्वरमा सजिएको ‘दूधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा क्षत्रीलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार इँटाघरेको रहेको छ। दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन्। म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको प्रेम र रोमान्सले युक्त अभिनय देख्न सकिन्छ।

‘बोलाउँदा नआउने चुरबुर धाउने, यस्तासँग माया लगाएर मैले के पाउने ?’, ‘दूधको साक्षी राखिछ्यौ मायाले लौन बिरालो पल्कियो’, ‘छेउमा कहिले नआउने सपनी छाउने मोही माग्न आउने तर ढुङ्ग्रो लुकाउने’, ‘मुसा मार्न सिपालु बिरालो त्यसै दूधमा पल्किन्न’, ‘मेरो उनान्सय, तिम्रो माया सय, शङ्का गर्ने भए किन माया लाउने ?’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।

रोशन विकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। गीतकार इँटाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यसअघि गायक क्षत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’, ‘दिल खोलेर भनन’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *