शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स
काठमाडौं। गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन्। पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ।
प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो। विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन्।
प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो। प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment