डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
६ साउन २०७९ ८:५९
2.2k
Shares

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलरको भाउ एकको खरिद दर १२७.६२ रुपैयाँ र बिक्री दर १२८.२२ रुपैयाँ रहेको छ। बिहिबार अमेरिकी डलरको भाउ एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ कायम गरेको थियो।

त्यसै गरी युरो एकको खरिद दर १३०.०७ रुपैयाँ र बिक्री दर १३०.६८ रुपैयाँ रहेको छ। यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.१५ रुपैयाँ, क्यानेडियन डलर ९९.३१ रुपैयाँ, जापानिज यान ९.२५ रुपैयाँ रहेको छ।

साउदी रियाल १ को खरिददर ३४.१२ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.०७ रुपैयाँ र मलेसियन रिङ्गित २८ रुपैयाँ ७७ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.