न्युड फोटोशूटमा रणवीर सिंहले मच्चाए आतंक, भने- मलाई शारीरिक रूपमा नग्न हुन कुनै आपत्ति छैन
काठमाडौँ। रणवीर सिंह आफ्नो फेसन सेन्सलाई लिएर सधै चर्चामा रहन्छन् । अहिले उनले आफ्नो पछिल्लो फोटोसुटले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ। रणवीर सिंहको बिना कपडाको पूर्ण नग्न तस्विर इन्टरनेटमा निकै भाइरल भइरहेको छ। रणवीर सिंह बिना लुगा भुइँमा सुतेर के गर्दैछन् भन्ने कुरालाई सुरुमा मानिसहरूले आफ्नो आँखालाई पत्याउन सकेनन् । यस पछि, जब क्याप्शन हेर्दा थाहा भयो कि अभिनेताले एक म्यागजिन फोटोसुटको लागि पूर्ण नग्न पोज दिएका छन्।
उनले पेपर म्यागजिनको लागि पूर्ण नग्न पोज दिएका हुन् । यससँगै रणवीर सिंहको फोटोको पोज बर्ट रेनोल्ड्सबाट प्रेरित छ। बर्ट रेनोल्ड्सले पनि यस म्यागजिनका लागि यस्तै फोटोशूट गराएका छन्। म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणवीरले आफ्नो फिल्म र फेसनको बारेमा पनि खुलेर कुरा गरेका छन्।
नग्न फोटोशूटको बारेमा कुरा गर्दै रणवीर सिंहले भने, ‘मलाई शारीरिक रूपमा नग्न हुन कुनै आपत्ति छैन किनभने हाम्रो आत्मा नाङ्गो छ। यसअघि पनि मैले आफ्नो फिल्मका लागि लुगा फुकालेको छु । म हजारौं मानिसहरूको अगाडि नग्न हुन सक्छु, तिनीहरू लज्जित हुन्छन्। तर मलाई यो कुराको वास्ता छैन।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment