सेयर बजार राताम्मे, नेप्से परिसूचक २७.२६ अंकले घट्यो

डिसी नेपाल
६ साउन २०७९ १३:१०
120
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। आज नेप्से २७.२६ अंकले घटेर २ हजार ०१७.४६ विन्दुमा घटेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २१ करोड भन्दा बढीको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसुचक घटेको छ। आजको कारोबारमा किसान लघुवित्त र गणपति लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सप्तकोशी डेभलपमेन्ट बैंक र रुरु जलबिद्युतका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.