सहरका डिजिटल स्क्रिनमा ‘म’ ट्रेलर
काठमाडौं। आमदर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ। जसका लागि काठमाडौंका मुख्य चोकमा व्यावसायिक प्रयोजनका लागि राखिएका ठूला डिजिटल स्क्रिनमा ट्रेलर नियमित रुपमा प्रसारण गरिरहेको छ।
फिल्मको ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका स्क्रिनमा प्रसारण भइरहेको हो।
निर्देशक सूवर्ण थापाले काठमाडौंका मुख्य चोकमा दैनिक लाखौं यात्रु जाममा पर्नुपर्ने बाध्यता भइरहँदा त्यो जामको समयमा फिल्मको ट्रेलर हेर्न सकुन् भनेर डिजिटल स्क्रिनमा ट्रेलर देखाइन थालिएको बताए।
‘हलसम्म नजाने र युट्युबमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने भएकाले यो मार्केटिङ रणनीति अपनाइएको हो’, उनले भने । साउन २० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारप्रसारको शैलीलाई डिजिटल बनाएको छ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन्। फिल्ममा निशा अधिकारी, सबिन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सञ्जोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment