सुनिताको ‘यो रमाइलो तिजैमा…’ करिश्मा र अञ्जलीको ठुम्का
काठमाडौं। सुनिता दुलालको ‘यो रमाइलो तिजैमा…’ बोलको गीत सार्वजनिक भएको छ। दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्।
उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन्।
गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय छ।
भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्। ‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन्। अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी…’ बोलको गीत सार्वजनिक गरेकी थिइन्। त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर…’ तीज गीत बजारमा ल्याएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment