टाइगर र दिशाको ब्रेकअप

डिसी नेपाल
११ साउन २०७९ ८:३८
6.0k
Shares

काठमाडौं। बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ। यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ।

झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ। जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन।

तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग नचलिरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ। जोडीमा केही असमझदारी भएपछि एकापसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन्।

टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन्। दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ। ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *