न्युजिल्यान्डको सिमाना महामारीपछि पूर्ण रूपमा खोलियो
New Zealand Prime Minister Jacinda Ardern announces a new date for national elections, during a news conference in Wellington, New Zealand, Monday, Aug. 17, 2020. The election had been scheduled for Sept. 19 but will now be held on Oct. 17, after a COVID-19 outbreak in Auckland. (Mark Mitchell/New Zealand Herald via AP)
न्युजिल्यान्ड। सन् २०२० को मार्चमा कोभिड महामारीले बन्द न्युजील्याण्डको सिमाना सोमबार विश्वभरका आगन्तुकहरूको लागि पूर्णरूपमा पुनः खुला भएको छ । न्युजील्याण्डका सीमाहरू फेब्रुवरीमा न्यूजील्याण्डका लागि पुनः खोलिएको थियो। देशमा कोभिडविरुद्धका प्रतिबन्धहरू क्रमशः सहज भएका छन् ।
भिसा चाहिने आगन्तुकहरू र विद्यार्थी भिसामा रहेकाहरूलाई पनि न्युजिल्यान्ड फर्कन अनुमति दिइएको छ । न्युजील्याण्डले अब आफ्नो बन्दरगाहहरूमा क्रुज जहाजहरू र विदेशी मनोरञ्जन याटलाई पनि अनुमति दिइरहेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीले न्यूजील्याण्डको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । पुनः सीमा खोलिएसँगै देशभरका स्कूल र विश्वविद्यालयहरूलाई फेरि बढावा दिने शैक्षिक प्रदायकहरूले आशा राखेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment