नेपालमा ७६० कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ८९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन विधिबाट २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ३२४ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment